पुरुषतर्फ सहमहामन्त्रीमा ११ जना प्रतिस्पर्धामा थिए । तीमध्ये हरि ढकाल र असिम शाहले बढी मत ल्याउँदै सहमहामन्त्रीमा विजयी भएका हुन् ।
काठमाडौँ — रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी भएका छन् । पुरुषतर्फ सहमहामन्त्रीमा ११ जना प्रतिस्पर्धामा थिए । तीमध्ये हरि ढकाल र असिम शाहले बढी मत ल्याउँदै सहमहामन्त्रीमा विजयी भएका हुन् ।
दुवै जना यसअघि केन्द्रीय सचिवालयको सदस्यको भूमिका थिए । शाह भने प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार र संविधान संशोधनसम्बन्धी कार्यदलका संयोजकसमेत हुन् ।
खुला सहमहामन्त्री पदका दुई स्थानका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु र हिमेश पन्त पनि प्रतिस्पर्धामा थिए ।
सहमहामन्त्रीमा विजयी शाहले ४७१ र ढकालले ४१० मत पाए । त्यस्तै बमले ३३४, न्यौपानले ३००, खरेलले ३९१, प्रसाईंले ३०१, चौधरीले १७९, लिम्बुले १५१, खत्रीले १४८, जैरूले ११४ र पन्तले ५३ मत पाए ।
