रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम वाग्लेलाई सार्वाधिक २६५६ मत

बिहीबार विहान भएको मतदानमा उनले खसेको कुल मतमध्ये २६५६ मत पाएका छन् ।

असार ११, २०८३

कान्तिपुर संवाददाता

Swarnim Wagle wins 2,656 votes for RSVP central member

काठमाडौं — रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । बिहीबार विहान भएको मतदानमा उनले खसेको कुल मतमध्ये २६५६ मत पाएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उनले सर्वाधिक मत प्राप्त गरेका छन् । यस्तै प्रवासतर्फ १७० प्रतिनिधिमध्ये ४९ मत खसेकोमा सबै स्वर्णिम वाग्लेले पाएका थिए । 

कान्तिपुर

Link copied successfully