प्रतिनिधिसभा बैठकको मिति एक दिन पछि सर्‍यो

राष्ट्रिय सभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्ने छ ।

असार १०, २०८३

रासस

The date of the House of Representatives meeting has been postponed by a day.

काठमाडौं — प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ ।

संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बुधबार सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १:०० बजेका लागि बैठक तोकेको जानकारी दिए । 

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आकलन गरिएको छ । राष्ट्रियस भाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्ने छ ।

रासस

Link copied successfully