रवि लामिछाने सभापतिमा निर्विरोध

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

Ravi Lamichhane elected unopposed as Chairman

काठमाडौँ — रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको र यो क्रम अझै २ घण्टा चल्ने बताए । 

केसीले राती १२ बजेसम्म उम्मेदवारको दर्ता हुने बताए । उनले भोली बिहान ८ बजेबाट मतदान सुरु हुने बताउँदै करिब ४५ सय  बढी मतदातालाइ मतदान गर्न ८ घन्टा लाग्ने बताए । 

उनले मतदान सकिएको दुइ घन्टामा परिणाम आउने पनि बताए । 

कान्तिपुर

Link copied successfully