कांग्रेस-एमाले सरकारले रास्वपा र ममाथि नांगो राजनीतिक प्रतिशोध साध्यो : सभापति लामिछाने

संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता अनुचित आरोपहरू लगाइए। एकपछि अर्को गरी नयाँ मुद्दा थपेर अभियोजन विस्तार गरियो । रातारात जेल स्थानान्तरण गरियो, 'अन्तिम इच्छा' सोधियो : लामिछाने

असार ९, २०८३

कान्तिपुर संवाददाता

Congress-UML government is carrying out naked political revenge against the Rashtriya Swayamsevak Sangh (RSS) and me: Chairman Lamichhane

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले एमाले र कांग्रेस गठबन्धन सरकारले आफ्नो पार्टीविरुद्ध राज्यका तीनवटै अंगको दुरुपयोग गरेको बताएका छन् । मंगलबार रास्वपा महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सभापति लामिछानेले आफूमाथि नांगो राजनीतिक प्रतिशोध साधिएको बताएका हुन् । 

'२०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र ममाथि नांगो राजनीतिक प्रतिशोध सुरु भयो र त्यसका लागि संस्थागत संयन्त्रहरु प्रयोग भए। संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता अनुचित आरोपहरू लगाइए। एकपछि अर्को गरी नयाँ मुद्दा थपेर अभियोजन विस्तार गरियो । रातारात जेल स्थानान्तरण गरियो, ‘अन्तिम इच्छा' सोधियो,' उनले भने । 

त्यस्तै आफूहरूविरुद्ध  राज्यका तीनै अंगको दुरुपयोग गरिएको पनि उनले बताएका छन् । 'व्यवस्थापिकामा संसदीय छानबिन समितिको निर्णयलाई राजनीतिक उपकरण बनाइयो । कार्यपालिका त अत्याचारको कारखाना नै भयो, न्यायपालिकासमेतको दुरुपयोग भयो। चयनात्मक न्याय भयो,' प्रतिवेदनमा लामिछानेले भनेका छन् । 

पार्टी र नेतृत्वलाई कुटिल र जटिल कानुनी, राजनीतिक र संस्थागत चक्रव्यूहमा फसाइएको पनि सभापति लामिछानेको आरोप छ । उनले अगाडि भनेका छन्, 'षड्यन्त्रकारीहरु रास्वपा सकियो भन्ने निष्कर्षमा थिए । सबै ढोकाहरू बन्द भएपछि हामी जनताको अदालतमा गयौं। चालीस लाखभन्दा बढी नागरिकले यो राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर नै गरेर ऐक्यबद्धता जनाए । त्यो षड्यन्त्र नै थियो, राजनीतिक प्रतिशोध नै थियो र यो हाम्रा बिरुद्ध देशकै सबैभन्दा ठूलो सङ्गठित राजनीतिक अपराध थियो भनेर सिंगो देशले मान्यो किनकि त्यो षड्यन्त्रमा सहभागी लगभग कोही पनि अहिलेको संसद्‍मा दोहोरिएर आउन सकेनन् ।'

कान्तिपुर

Link copied successfully