प्रतिनिधि यकिन गर्ने कार्यमा संलग्न नेताहरूले मंगलबार बिहानैदेखि बन्दसत्र सुरु गर्नेबारे छलफल गरिरहेका छन् । यो विषयको जानकारी सभापति रवि लामिछानेलाई दिइसकिएको छ ।
काठमाडौँ — चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रका कार्यक्रम आज नहुने सम्भावना बढेको छ ।
प्रतिनिधि यकिन गर्ने कार्यमा संलग्न नेताहरूले मंगलबार बिहानैदेखि बन्दसत्र सुरु गर्नेबारे छलफल गरिरहेका छन् । यो विषयको जानकारी सभापति रवि लामिछानेलाई दिइसकिएको छ ।
महाधिवेशनको उद्घाटन आइतबार सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले गरेका थिए ।
महाधिवेशन कार्यतालिका अनुसार सोमबार विहान ८:३० मा बन्दसत्र तय भएको थियो । तर, साझ ५ बजिसक्दा समेत बन्दसत्र सुरू हुने तयारी भएको छैन । बन्दसत्र कतिखेर हुने भन्ने अन्योल हुँदा महाधिवेशन प्रतिनिधिहरू कार्यक्रम स्थलमा आराम गरिरहेका छन । केही प्रतिनिधि भने नाच गान गरिरहेका छन् ।