सुरु भएन बन्दसत्र, रवि र बालेन छलफलमा

उनीहरू बस्दै आएको लटौली स्याङ्चुरी रिसोर्टमा बिहानैदेखि छलफल भइरहेको हो ।

असार ८, २०८३

कान्तिपुर संवाददाता

Closed session does not begin, Ravi and Balen in discussion

चितवन — रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बन्दसत्र सुरु हुनुअघि छलफलमा जुटेका छन् ।

बिहान साढे ८ बजेबाट सुरु हुने समय निर्धारण गरिए अझै बन्दसत्र सुरु हुन सकेको छैन ।

लटौली स्याङ्चुरी रिसोर्टमा दुई नेताबीच छलफल भइरहेको हो । दुवै सोही रिसोर्टमा बसिरहेका छन् ।

बन्दसत्रमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ  अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्नेछन् । बन्दसत्रको सुरुवातमा अनुशासन आयोगतर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । 

कान्तिपुर

Link copied successfully