रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे चितवन ?

रास्वपा महाधिवेशनका लागि गगन थापा, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन लगायत नेताहरू चितवन पुगेका छन्।

असार ७, २०८३

कान्तिपुर संवाददाता

Which leaders from which parties reached Chitwan to participate in the Rashtriya Swayamsevak Sangh (RSS) general convention?

काठमाडौँ — आइतबारदेखि चितवनमा सुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका  नेता तथा प्रतिनिधि भरतपुर पुगेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापा केही समयअघि भरतपुर पुगेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेको त्यहाँबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष  चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् । 

 रास्वपाले महाधिवेशनका लागि पार्टी प्रमुखहरूलाई निम्ता गरेको थियो । रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा केहीबेरमा हुँदै छ । बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

कान्तिपुर

Link copied successfully