रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिनका लागि विभिन्न दलका प्रमुख नेताहरू पनि चितवन पुगेका छन् ।
काठमाडौँ — सत्तारुढ दल रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । भरतपुरको गेस्टहाउस चौरमा केही बेरअघि महाधिवेशन उद्घाटन सुरू भएको हो ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले कार्यक्रम सञ्चालन गरिरहेका छन् । रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिनका लागि विभिन्न दलका प्रमुख नेताहरू पनि चितवन पुगेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा भरतपुर पुगेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेको त्यहाँबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।
