रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहका बोल्दै उनले भने, 'कुनै दिन विपक्षीहरुले प्रधानमन्त्रीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न बेर छैन ।'
काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई समस्याभन्दा धेरै माथि पुगेर त्यसको समाधान गर्ने व्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहका बोल्दै अध्यक्ष राउतले भने, 'स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट, स्टाइलिस युवा हुनुहुन्छ हाम्रो प्रधानमन्त्री ।'
देवानन्दलाई सार्वजनिक स्थलमा कालो ड्रेस लगउन निषेध गरेको आफूले सुनेको भन्दै उनले थपे, 'कुनै दिन विपक्षीहरुले प्रधानमन्त्रीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न बेर छैन ।'
एउटा मधेशीको छोरालाई प्रधानमन्त्री बनाएको भन्दै उनले रास्वपालाई शुभकामना दिए । 'हिमाल, पहाड, मधेशका जनताले अगाध माया गरेका छन् उहाँलाई, जो इतिहासमा कहिले देखिएको थिएन ।' अध्यक्ष राउतले नेपाली जनतालाई हृदयमा राखेर काम गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।
