सुशासनको एजेन्डामा नेकपा र रास्वपाजति सहकार्य अरूसँग भएको छैन : नेता पुन

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले भने, 'सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति यहाँहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदियोस् भन्ने चाहन्छौं ।'

असार ७, २०८३

कान्तिपुर संवाददाता

NCP and Rashtriya Swayamsevak Sangh (RSS) have not collaborated with others on the agenda of good governance: Leader Pun

चितवन — नेकपा नेता वर्षमान पुनले सुशासनको एजेन्डामा नेकपा र रास्वपाजति सहकार्य अरुसँग नभएको बताएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले भने, 'थिति बसाउने अभियानमा पूर्ण समर्थन छ । सुशासनका एजेन्डामा एक ठाउँमा छौं । सुशासनको कदम विधिभित्रबाटै र संविधानसम्मत होस् ।'

नेतृत्व, विचार, रणनीति, कार्यदिशा तय गर्ने विषयले समग्रमा राष्ट्रिय जीवनमा प्रभाव पार्ने उनले बताए । 'हाम्रा कैयौं समानता छन्, दुवै पार्टीले  निरन्तरतालाई क्रमभंग गरेर बाटो तय गरेका हौं । समाज रुपान्तरणका एजेन्डामा नजिक पाउँछौं,' उनले भने ।

लोकतान्त्रिक प्रणालीप्रति रास्वपाको प्रतिबद्धताबारे पनि उनले चासो राखे । 'तपाईंहरुको नियतमाथि हाम्रो शंका छैन,' पुनले भने, 'सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति यहाँहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदियोस् भन्ने चाहन्छौं ।'  

कान्तिपुर

Link copied successfully