रास्वपा महाधिवेशन : उद्घाटनका दिन पार्किङ व्यवस्था कडा, केही सडकमा सवारी निषेध

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र भुसन यादवले चार ठाउँमा पार्किङस्थल तय गरेको जानकारी दिए । त्यसैगरी महाधिवेशन उद्घाटनस्थल वरपरका सडकहरुमा गाडी गुड्न बन्देज लाग्ने बताए ।

असार ६, २०८३

रमेशकुमार पौडेल

RSVP General Convention: Strict parking arrangements on opening day, vehicles prohibited on some roads

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन गाडी पार्किङस्थल र गाडी गुड्न बन्देज लागेका सडकहरुको विवरण सार्वजनिक गरिएको छ । 

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र भुसन यादवले चार ठाउँमा पार्किङस्थल तय गरेको जानकारी दिए । त्यसैगरी महाधिवेशन उद्घाटनस्थल वरपरका सडकहरुमा गाडी गुड्न बन्देज लाग्ने बताए । 

रास्वपा महाधिवेशन उद्घाटन कार्यक्रम चितवन जिल्ला प्रहरी कार्यलयको गेष्टहाउस चौरमा हुँदैछ । पूर्व-पश्चिम राजमार्गको चौबिसकोठीदेखि पूर्व र भरतपुर बाइपास सडकको मालपोत चोकदेखि पश्चिममा कार्यक्रमस्थल छ । कार्यक्रमस्थलतर्फ आउने भित्री बाटोका नौ स्थानमा गाडी रोकिने छन् ।

त्यसैगरी भरतपुरको केन्द्रीय बसपार्क आडको खाली जमिनमा चारपांग्रे र दुईपांग्रे गाडीहरु पार्क गर्न सकिने प्रहरीले जनाएको छ । पूर्वबाट आउने गाडीहरु त्यहाँ पार्क हुने छन् । बाइपास सडकको विशाल चोक आडको चौरमा पनि चारपांग्रे र दुईपांग्रे गाडी पार्क हुने छन् । चितवन माविको खेल मैदानमा पनि साना ठुला गाडीहरु पार्क हुने छन् ।

भरतपुर अस्पताल अगाडि दुईपांग्रेका लागि पार्किङस्थल तय भएको डीएसपी यादवले बताए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेको प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सुरक्षा र ट्राफिक व्यवस्थापनमा १५ सय हाराहारीमा सुरक्षाकर्मी खटिने बताए । १६५ जना ट्राफिक प्रहरी छन् । नागरिकलाई आवागमनमा सहज हुने गरी ट्राफिक व्यवस्थापन हुने एसपी पौडेलको भनाइ छ । 

RSVP General Convention: Strict parking arrangements on opening day, vehicles prohibited on some roads

RSVP General Convention: Strict parking arrangements on opening day, vehicles prohibited on some roadsचितवन प्रहरीले तय गरेको गाडी नो इन्ट्री प्वाइन्ट र पार्किङस्थलको स्केच । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully