लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक जारी

बैठकले आइतबारदेखि हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए ।

असार ६, २०८३

रासस

RSVP Central Committee meeting continues under the chairmanship of Lamichhane

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक सुरु भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा सुरु भएको हो । 

बैठकले आइतबारदेखि हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए । उनका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्नेछ । ' यो अन्तिम औपचारिक बैठक हो, भैपरी आएमा अनौपचारिक बैठक बस्न सक्छ,' उनले भने ।

यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उनले बताए । ती एजेन्डा महाधिवेशनमा लगिनेछ । त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उनको भनाइ छ ।

विधान संशोधन गरेर केन्द्रीय समितिको सङ्ख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो । यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो । महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ ।  

रासस

Link copied successfully