यस्तो छ रास्वपाको निर्वाचन आचारसंहिता 

रास्वपा केन्द्रीय निर्वाचन आयोगले 'केन्द्रीय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३' शुक्रबार सार्वजनिक गरेको हो ।

असार ५, २०८३

इकान्तिपुर डेस्क

This is the election code of conduct of the Rashtriya Swayamsevak Sangh (RSS).

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि चितवनमा सुरु हुने पहिलो राष्ट्रिय महाधिवेशन निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार गरिएको छ । 

केन्द्रीय निर्वाचन आयोगले 'केन्द्रीय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३' शुक्रबार सार्वजनिक गरेको हो । आयोगले केन्द्रीय महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी तथा मर्यादित ढंगले सम्पन्न गर्न आचारसंहिता तयारी गरी जारी गरेको जनाएको छ ।

यस्तो छ आचारसंहिता

राष्ट्रियस्वतन्त्र पार्टी

केन्द्रीयनिर्वाचन आयोग

केन्द्रीयमहाधिवेशन निर्वाचनआचारसंहिता, २०८३

प्रस्तावना:राष्ट्रियस्वतन्त्रपार्टीकोविधान, २०७९ (तेस्रो संशोधन २०८१ सहित) को धारा ४९, केन्द्रीय महाधिवेशन कार्यविधि, २०८३ को दफा १० () तथा केन्द्रीय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ बमोजिमकेन्द्रीयनिर्वाचनआयोगले केन्द्रीय महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी तथा मर्यादित ढंगले सम्पन्न गर्न यो आचारसंहिता तयारी गरी जारी गरेको

.उम्मेदवारी तथाप्रचार-प्रसारसम्बन्धी व्यवस्था

()निर्वाचनव्यक्तिगतप्रतिस्पर्धामाआधारित हुनेछ। कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा समूहगत प्रचार गर्न पाइने छैन

()केन्द्रीयमहाधिवेशनस्थलतथा आसपासका क्षेत्रमा पर्चा, पोस्टर, ब्यानर, फ्लेक्स वा अन्य प्रचार सामग्री वितरण वा प्रदर्शन गर्न पाइने छैन

()उम्मेदवारलेसामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यम प्रयोग गर्दा भ्रामक सूचना, चरित्र हत्या, घृणात्मक अभिव्यक्ति, आर्थिक प्रलोभन वा समूहगत प्रचार गर्न पाउने छैन। प्रचार सामग्री मर्यादित, तथ्यपरक तथा व्यक्तिगत हुनुपर्नेछ

()उम्मेदवारलेमहाधिवेशनप्रतिनिधिहरूसँगप्रत्यक्षसंवाद गर्न सक्नेछन् तर नाराबाजी, जुलुस, शक्ति प्रदर्शन, भीडभाड वा हुलहुज्जत गरी निर्वाचनलाई प्रभावित पार्न पाइने छैन

.तटस्थता तथामताधिकार

()पार्टीकाबहालवालाकेन्द्रीयपदाधिकारी, केन्द्रीय सदस्य, मन्त्री तथा सांसदहरूले आफ्नो पद, स्रोत, अधिकार वा प्रभाव प्रयोग गरी निर्वाचनलाई प्रभावित पार्न पाउने छैनन्

()केन्द्रीयपदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यविधि बमोजिम तोकिएको क्षेत्र पदमा मात्र मतदान गर्न पाउनेछन्

.बन्द सत्रतथा मतदानस्थलकोमर्यादा

()बन्द सत्रमा निर्वाचन आयोगले स्वीकृत गरेका प्रतिनिधि, उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिएका अधिकारी तथा आवश्यक प्राविधिक सहयोगी मात्र उपस्थित हुन पाउनेछन्

()मतदानस्थलमादबाब सिर्जना गर्ने, शान्ति भङ्ग गर्ने वा निर्वाचन प्रक्रियामा अवाञ्छित हस्तक्षेप गर्ने कार्य निषेध हुनेछ

()मतदान कक्षभित्र मोबाइल, क्यामेरा वा अन्य उपकरण प्रयोग गरी फोटो वा भिडियो खिच्न तथा गोप्य मतदानको गोपनीयता भङ्ग गर्न पाइने छैन

.निषेधित कार्य

()प्रमाणविहीनआरोप, अपमानजनक टिप्पणी, भ्रामक सूचना वा जानाजानी कुनै उम्मेदवारको प्रतिष्ठामा क्षति पुऱ्याउने कार्य गर्न पाइने छैन

()आर्थिक प्रलोभन, उपहार, भोजभतेर, पदको आश्वासन, डर, धम्की वा संगठनात्मक स्रोत तथा शक्तिको दुरुपयोग गरी मत प्रभावित पार्न पाइने छैन

()पहिलो चरणको निर्वाचनका क्रममा दोस्रो चरणमा निर्वाचित हुने पदाधिकारी पदका नाममा मत माग्न वा प्रचार गर्न पाइने छैन

.अनुगमन, उजुरीतथा कारवाही

()आचारसंहिताउल्लंघन सम्बन्धी उजुरी प्रमाणसहित लिखित रूपमा महाधिवेशन निर्वाचन समिति वा केन्द्रीय निर्वाचन आयोगमा दर्ता गर्नुपर्नेछ

()उजुरी सम्बन्धित घटना भएको २४ घण्टाभित्र वा परिणाम घोषणा हुनुअघि दर्ता गरिसक्नुपर्नेछ

()फोटो, भिडियो, अडियो, सामाजिक सञ्जाल सामग्री, लिखित दस्तावेज वा प्रत्यक्षदर्शीको बयानलाई प्रमाणका रूपमा ग्रहण गर्न सकिनेछ

()केन्द्रीयनिर्वाचनआयोग वा तोकिएको निर्वाचन समितिले आचारसंहिताको पालना तथा उल्लंघनको अनुगमन गर्नेछ

()उल्लंघन प्रमाणित भएमा केन्द्रीय निर्वाचन आयोग/निर्वाचन समितिले मौखिक वा लिखित चेतावनी दिने, उम्मेदवारी खारेज गर्ने वा थप अनुशासनात्मक कारबाहीका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गर्न सक्नेछ। उम्मेदवारी खारेज गर्नुअघि सम्बन्धित पक्षलाई स्पष्टीकरण पेश गर्ने अवसर प्रदान गरिनेछ

()महाधिवेशननिर्वाचनसमितिको निर्णयउपर केन्द्रीय निर्वाचन आयोगमा पुनरावेदन गर्न सकिनेछ आयोगको निर्णय अन्तिम हुनेछ

.अन्य व्यवस्था

यो आचारसंहिता निर्वाचन प्रक्रियामा संलग्न सबै उम्मेदवार, प्रतिनिधि तथा सम्बन्धित पक्षका लागि अनिवार्य रूपमा बाध्यकारी हुनेछ
यसमा उल्लेख नभएका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान, केन्द्रीय महाधिवेशन कार्यविधि, केन्द्रीय महाधिवेशन निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगको निर्णय लागू हुनेछ

जारीमितिः २०८३ असार 3 गते

इकान्तिपुर

Link copied successfully