मलाई पिरतीले सांसद र मन्त्री बनायो : पुन

मेरो पिरती खासमा देशसँग बसेको हो । तर सुरूमा एकैचोटी देशसँग बसेको होइन । त्योचाहिँ गाउँसँग बस्यो : महावीर पुन

असार ४, २०८३

कान्तिपुर संवाददाता

Piriti made me an MP and minister: Pun

काठमाडौँ — विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन् । 

‘एउटा गीत छ–म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो । यो पहिलापहिलातिरको समयमा गाइन्थ्यो यो गीत । अब म पनि त्यस्तो संसद् हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो । एउटा लामो कहानी छ । पिरती मेरो कसरी कोसँग बसेर म जोगी भए ? भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पिरती खासमा देशसँग बसेको हो । तर सुरूमा एकैचोटी देशसँग बसेको होइन । त्योचाहिँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भए । पक्का जोगी हो मचाहिँ । व्यवहारिक रूपमा पनि म जोगी नै हो ।’

कान्तिपुर

Link copied successfully