सभामुख डोलप्रसाद अर्यालले बस्न पटक-पटक आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
काठमाडौँ — हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले वेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूचीअन्तर्गत बैठक जारी रहँदा उक्त पार्टीका सांसदहरूले उभिएर विरोध गरिरहेका थिए ।
सभामुख डोलप्रसाद अर्यालले बस्न पटक-पटक आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै संसद्मा विरोध गर्दै आएका छन् ।
