प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाई संसद् चल्न नदिने पार्टीका अध्यक्ष हर्कराज राईले बताए ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Labor Culture Party continues to obstruct the House of Representatives meeting

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठक पनि श्रम संस्कृति पार्टीले अवरोध गरेको छ । 

बिहीबारको बैठक सुरू हुनेबित्तिकै उक्त पार्टीका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाई संसद् चल्न नदिने पार्टीका अध्यक्ष हर्कराज राईले बताए ।

आजको बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल हुनेछ ।  प्रधानमन्त्री शाहले १७ जेठको प्रतिनिधिसभा बैठकमा ‘भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेका थिए । 

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भनाइमा स्पष्टीकरण दिएपछि सदनको अवरोध खुलेको थियो । यद्यपि श्रम संस्कृति पार्टीले भने आफ्नो विरोध जारी रहने बताएको छ । 

कान्तिपुर

Link copied successfully