बजेटबारे ज्ञानबहादुर शाही : अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन

ज्ञानबहादुर शाहीको प्रश्न : नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने ? हामीलाई आवश्यक के हो भन्ने यति पनि ज्ञान अर्थमन्त्रीलाई हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ ?

जेष्ठ २८, २०८३

न्युज एजेन्सी नेपाल

Gyan Bahadur Shahi on the budget: There is no place for the Finance Minister to be called an expert

What you should know

काठमाडौँ — राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरिब नागरिकलाई सेवा दिनेभन्दा पनि ठूलो व्यापारीहरुलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । 

बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री  स्वर्णिय वाग्लेले संसद्‍मा पेस गरेको बजेटमाथिको छलफलमा भाग लिँदै नेता शाहीले नेपालको पुँजीसमेत बाहिर लैजाने गरी बजेट ल्याएको भन्दै यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै अर्थमन्त्री वाग्लेसँग असन्तुष्टि व्यक्त गरे ।

सरकारले बिरामीको उपचार खर्चमा समेत कर लगाउने नीति राखेको भन्दै शाहीले आक्रोश व्यक्त गरे । रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको नेता शाहीको भनाइ थियो ।

यस्तो छ शाहीको भनाइ

यो बजेटले अब बिरामीहरूलाई समेत कर लगाउने बाटो खोलेको छ । उपचारको खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन । अन्तत: त्यो कर उपचार गराउन गएका बिरामीले तिर्नुपर्ने हुन्छ । रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकारी । यो कति निर्दयी हुनसक्छ सभामुख महोदय ।

त्यस्तै नेपालमा नै उत्पादन हुने औषधिलाई प्रोत्साहन दिनुको सट्टा आयातित औषधिलाई सहज हुने व्यवस्था गरिएको छ । यसको प्रत्यक्ष असर नेपालको औषधि उद्योगमा पर्नेछ । आज २० देखि २५ हजार युवाले रोजगारी पाएका उद्योगहरु संकटमा पर्ने अवस्था सिर्जना भएको छ । झन्डै ५० भन्दा बढी ठूला औषधि उद्योगहरू बन्द हुने जोखिममा पुगेका छन् । 

स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने नीति राष्ट्रहित अनुकूल हुन सक्दैन । अर्थमन्त्रीजीले विदेशमा लगानी गर्ने वातावरण बनाउने कुरालाई सहज बनाउने कुरा गर्नु भएको छ । तर प्रश्न उठ्छ–नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने ? हामीलाई आवश्यक के हो भन्ने यति पनि ज्ञान अर्थमन्त्रीलाई हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ ?

न्युज

Link copied successfully