सीमा अतिक्रमण रोक्न पहल गरौं : अध्यक्ष राई

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरे ।

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

Let's take initiative to stop border encroachment: Chairman Rai

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरे । 

बैठकको कार्यसूची सञ्चालन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष राईसहित उक्त पार्टीका सदस्यले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को २१ (ख) तर्फ ध्यानाकर्षण गराउँदै सभामुखको समय लिएर बोल्न र अमर्यादितरूपमा प्रस्तुत नहुन सभामुख अर्यालले पटकपटक आग्रह गरेका थिए । 

आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल हुन लाग्दासमेत बैठकमा उक्त दलका सांसदले लगातार विरोध गरेपछि सभामुख अर्यालले राईलाई बोल्न समय दिएका थिए ।

कान्तिपुर

Link copied successfully