प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

१५ मिनेटका लागि स्थगित बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

House of Representatives meeting adjourned with notice

काठमाडौं — प्रतिनिधिसभाको सोमबार बसेको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकमा विपक्षी दलको अवरोधले १५ मिनेटका लागि स्थगित भएको थियो ।

१५ मिनेटका लागि स्थगित बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभा बैठक मंगलबार १ बजेका लागि बस्ने गरी सूचना टाँसेका हुन् । 'विशेष कारणले' बैठक बस्न नसक्ने भन्दै सूचना टाँसिएको हो । 

नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले जवाफ माग गरिरहेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीले उक्त भनाइ फिर्ता लिनुपर्ने, संसद्‌को रेकर्डबाट हटाउनुपर्नेलगायत माग राखेर प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा भारतले नेपालको भूमिमात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।House of Representatives meeting adjourned with notice

कान्तिपुर

Link copied successfully