उनले प्रतिनिधिसभाका हरेक सदस्यले बैठकमा उपस्थित भएका दिन हाजिर गर्नु पर्ने प्रावधान भएको र प्रधानमन्त्रीले हाजिर गरे नगरेको विवरण पनि माग गरेका छन् ।
काठमाडौं — प्रतिनिधिसभाका सदस्य हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले प्रधानमन्त्री शाहलाई संसद्मै आएर आफ्नो अभिव्यक्तिप्रति माफी माग्न समेत अनुरोध गरेका हुन् ।
यस्तै उनले प्रतिनिधिसभाका हरेक सदस्यले बैठकमा उपस्थित भएका दिन हाजिर गर्नु पर्ने प्रावधान भएको र प्रधानमन्त्रीले हाजिर गरे नगरेको विवरण पनि माग गरेका छन् । उनले भने, यस सदनका सबै सदस्य समान हुने कानुनी व्यवस्था छ । प्रधानमन्त्री पनि संसद्को एक सदस्य भएकाले उहाँको हाजिर विवरण छ की छैन । अभिलेखमा छ की छैन देखाइदिन अनुरोध गर्दछु ।'
प्रतिनिधिसभा सदस्य राईले प्रधानमन्त्रीको अभिव्यक्तिअनुसार नेपालले भारतको सीमा कहाँ कहाँ मिचेको रहेको रहेछ पनि देखाइदिनु पर्ने बताए ।
उनले सरकारलाई गल्ती गर्ने छुट नभएको र कदमकदाचित गल्ती गरे भए माफी माग्नु पर्यो बताए । उनले भने, 'हामी सांसदहरूसँग माफी माग्ने होइन तीन करोड जनतासँग प्रधानमन्त्रीले माफी माग्नु पर्छ ।'
