भाजपा मुख्यालयमा रास्वपा सभापति लामिछाने, भारतीय गृहमन्त्री शाहलाई पनि भेट्दै 

रास्वपा सभापति लामिछाने भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा दिल्ली गएका हुन् ।

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSS) President Lamichhane also meets Indian Home Minister Shah at BJP headquarters.

काठमाडौँ — भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेट गर्ने भएका छन् । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार मंगलबार भारतीय गृहमन्त्री शाहसँग भेटघाट तय भएको हो । 

रास्वपा सभापति लामिछाने भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा दिल्ली गएका हुन् ।  मंगलबार नै लामिछानेले भाजपा मुख्यालयमा अध्यक्ष नवीनलगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए । 

लामिछानेसहितको टोलीलाई मंगलबार भाजपा मुख्यालयमा स्वागत गरिएको थियो । गृहमन्त्री शाहसँगको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully