प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्तिमाथि छलफल गर्न विपक्षी दलहरुको बैठक 

बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा अहिले बस्दैछ ।

जेष्ठ १८, २०८३

कुलचन्द्र न्यौपाने

Opposition parties meet to discuss Prime Minister Walendra's statement

काठमाडौँ — नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको  अभिव्यक्तिमाथि छलफल गर्न विपक्षी  दलहरुको संयुक्त बैठक बस्दैछ । 

बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा अहिले बस्दैछ । बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृती पार्टीलाई बोलाइएको छ ।

प्रधानमन्त्रीको भारतको जमिन नेपालले पनि मिचेको छ भन्ने अभिव्यक्तिको बारेमा  साझा धारणा बनाउने विषयमा छलफल गर्न लागिएको कांग्रेस संसदीय  दलका नेता भीष्म आङदेम्बेले जानकारी दिए। 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully