बुटवलमा कांग्रेसको 'जरा अभियान', १२ जिल्ला सभापतिसहित जनप्रतिनिधि सहभागी

पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, नेतृत्व विकास तथा प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भेला मंगलबारसम्म चल्नेछ ।

जेष्ठ १८, २०८३

घनश्याम गौतम

Congress's 'Jara Abhiyan' in Butwal, 12 district presidents and public representatives participate

बुटवल — नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय 'जरा अभियान' सोमबारदेखि सुरू भएको छ । अभियानको कांग्रेस सभापति गगनकुमार थापाले सोमबार बुटवलमा सुरू गरेका हुन्।

कांग्रेस लुम्बिनी प्रदेश समितिको आयोजनामा हुन लागेको जरा अभियानमा सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरू बराललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

भेलामा लुम्बिनी प्रदेशका केन्द्रीय कार्यसमिति पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति पदाधिकारी, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य, १२ वटै जिल्लाका सभापति, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष सहभागी छन् ।  

पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, नेतृत्व विकास तथा प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भेला मंगलबारसम्म चल्नेछ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully