आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले मानव अधिकार आयोगको मात्र नभई नेपाल सरकारलाई बुझाएको सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै उनले आयोगका धेरै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने रहेको र २३ र २४ भदौको जेन-जी आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उनले बताए । कांग्रेस सांसद अर्जुननरसिंह कार्कीले सोधेको प्रश्नका प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
‘मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई २३ र २४ गतेको प्रतिवेदन अनि विभिन्न आयोगको प्रतिवेदन छन् । आजसम्म जति बुझाइएको छ। ती सबै प्रतिवेदन नेपाल सरकारले अध्ययन गर्छ,’ उनले भने, ‘एकमुष्ट रूपमा अध्ययन गरेर गर्नुपर्ने काम कारबाहीहरू त्यही रूपमा गर्छ । ’
