भिजिट भिसामा गएर काम पाए श्रम स्वीकृति लिन नेपाल आउनुपर्दैन : प्रधानमन्त्री शाह

प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले भिजिट भिसामा गई अन्तर्वार्ता दिएर काम पाएपछि श्रमस्वीकृति लिन नेपाल आउन नपर्ने बताएका हुन् ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

If you get a job on a visit visa, you don't have to come to Nepal to get a work permit: Prime Minister Shah

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले भिजिट भिसाको दुरुपयोगलाई रोक्नको लागि कडा निर्देशन दिइएको जनाउँदै भिजिट भिसामा गई रोजगार पाएका नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने बताए ।

प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले भिजिट भिसामा गई अन्तर्वार्ता दिएर काम पाएपछि श्रमस्वीकृति लिन नेपाल आउन नपर्ने बताएका हुन् । ‘यसको व्यवस्थापनको लागि श्रम मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully