बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

जेठ १५ गते शुक्रबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदैछ ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Nepali Congress calls parliamentary party meeting to discuss party's role in budget session

काठमाडौँ — संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । 

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरू भएको हो । बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदैछ ।

 बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्‍मा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जनाएको छ । 

कान्तिपुर

Link copied successfully