प्रधानमन्त्री सम्भवत: एक हप्तामै सदनमा आउनुहुन्छ : रास्वपा मुख्य सचेतक बुर्लाकोटी

प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहेका छन् ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

Prime Minister likely to come to the House within a week: RSP Chief Whip Burlakoti

काठमाडौँ — रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह सम्भवत: एक हप्तामै संसद्‍मा उपस्थित हुने बताएका छन् । 

'प्रधानमन्त्रीको सचिवालयमा मैले कुरा पनि गरेँ । सम्माननीय प्रधानमन्त्रीज्यू संसद्‍मा आउनुहुन्छ । सम्भवत: एक हप्ताभित्रै प्रधानमन्त्रीज्यु संसद्‍मा आउने कुरा सभामुखमार्फत म सदनलाई जानकारी गराउन चाहन्छु ।'

प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहेका छन् । मंगलबारको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाइरहेका थिए । त्यसैबीचमा सभामुख डोलप्रसाद अर्यालको अगुवाइमा दलहरूबीच छलफल भएको थियो । 

मंगलबारको बैठक बीचमै स्थगित भएपछिको छलफलमा छलफलमा रास्वपाबाट बुर्लाकोटी, कांग्रेस प्रमुख सचेतक बासना थापा, एमाले प्रमुख सचेतक ऐनबहादुर महर, नेकपा प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति सांसद आरेन राई र राप्रपा प्रमुख सचेतक खुश्बु ओली उपस्थित थिए । उक्त बैठकमा रास्वपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाएको थियो । 

कान्तिपुर

Link copied successfully