पेलिएरै आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन : खुश्बु ओली

‘सत्ता पक्ष प्रतिपक्षी हुँदा इतिहासमा सम्भवतः सबैभन्दा बढी पेलियो होला । पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन,’ उनले भनिन् ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

It is not appropriate for those who came to power to bully the opposition: Khushbu Oli

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसद्‍मा विपक्षीलाई नजरअन्दाज गरेर सत्तापक्ष अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएकी छिन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले यस्तो आपत्ति जनाएकी हुन् । विगतमा आफू नै सत्तपक्षबाट पेलिएको दलले सत्तामा पुग्नेबित्तिकै विपक्षी दलहरूलाई पेलेर अघि बढेको सुहाउँदो नभएको टिप्पणी उनको थियो । 

उनले विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले प्रतिपक्षीलाई ज्ञान बाँड्ने काम गरेर समयको दुरुपयोग गरिरहेकोप्रति संसद्को ध्यानाकर्षण गराइन् ।

‘सत्ता पक्ष प्रतिपक्षी हुँदा इतिहासमा सम्भवतः सबैभन्दा बढी पेलियो होला । पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन,’ उनले भनिन् । 

प्रतिपक्षी दलहरूको आवाज दबाउन नखोज्नसमेत सत्ता पक्षलाई उनले चेतावनी दिइन् । 

कान्तिपुर

Link copied successfully