सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे
काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले रोपाइँ सुरू हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टिसमेत व्यक्त गरे ।
'म सरकारसँग आग्रह गर्न चाहन्छु कि अब रोपाइँको सिजन सुरू हुने बेला छ । पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । किनकि अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन,’ उनले भने ।
