रास्वपा सांसद जगदीश खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि...

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले सरकारले अध्यादेश ल्याउनु सही भएको दाबी गर्दै प्रतिपक्षी दलहरूले संसद्‍मा ‘तमासा’ देखाएको टिप्पणी गरेपछि प्रतिपक्षी सांसदहरू झन् आक्रोशित बने ।

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

After RSVP MP Jagdish Kharel said that 'opposition parties are putting on a show'...

काठमाडौँ — प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी छलफल भइरहेका बेला विवाद उत्पन्न भएपछि बैठक स्थगित गरिएको हो ।

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले सरकारले अध्यादेश ल्याउनु सही भएको दाबी गर्दै प्रतिपक्षी दलहरूले संसद्मा ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए ।

After RSVP MP Jagdish Kharel said that 'opposition parties are putting on a show'...

प्रधानमन्त्री वालेन्द्र शाहको जवाफ माग गर्दै विरोधमा उत्रिएका प्रतिपक्ष दलहरूले खरेलको अभिव्यक्तिप्रति झनै आक्रामक रूपमा विरोध जनाए । उक्त अभिव्यक्तिप्रति प्रतिपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि सदनमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।

सांसद खरेलको भनाइलाई लिएर प्रतिपक्षी दलहरू थप आक्रोशित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरेका हुन् । 

कान्तिपुर

Link copied successfully