कांग्रेस एकताका लागि खड्का र कोइरालालाई वरिष्ठ नेता दिन सभापति थापा तयार 

सभापति थापाले यसअघि विशेष महाधिवेशन बाहिर रहेका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा पनि खड्का र कोइरालाले असन्तुष्टि जनाएका थिए ।

जेष्ठ ९, २०८३

कुलचन्द्र न्यौपाने

President Thapa ready to give senior leaders to Khadka and Koirala for Congress unity

काठमाडौँ — कांग्रेस सभापति गगन थापा पार्टी एकताका लागि विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई वरिष्ठ नेता दिन तयार भएका छन् । 

दुवै नेतालाई वरिष्ठ नेतासहित केन्द्रीय कार्यसमितिमा आउन प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले खुलासा गरेका हुन् । खड्का र कोइरालाले व्यक्तिगत तहमा नभएर सामूहिक एकताको वकालत गर्दै आएका छन् । 

सभापति थापाले यसअघि विशेष महाधिवेशन बाहिर रहेका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा पनि खड्का र कोइरालाले असन्तुष्टि जनाएका थिए । ‘शेखर दाइलाई त मैले नै गएर वरिष्ठ नेता बसिदिन प्रस्ताव गरेकै हो । त्यसरी खड्कालाई पनि भनिएको हो । उहाँहरुलाई वरिष्ठ नेता राख्ने र अरु को–कोलाई केन्द्रीय सदस्यमा राख्ने हो नाम ल्याउनुहोस् भनेको हो,’ पौडेलले भने,‘तर मानीरहनु भएको छैन । उनले एकताका लागि १४ औं महाधिवेशन र विशेष महाविधेशनबाट आएका दुवै केन्द्रीय कार्यसमितिलाई मर्जर गर्ने वा छुट्टै समिति बनाउने कुरामा भने सहमति गर्न नसकिने बताए ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully