‘हामी विरोध गरिरहन्छौँ, पाँचैँ वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौँ,’ उनले भने ।
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेलसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको गृहमन्त्रीसमेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुपर्नेमा उनले जोड दिए । गृह मन्त्रालयमाथि सुकुमवासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै त्यसको जवाफ संसद्मा दिनुपर्ने उनले बताए ।
‘हामी विरोध गरिरहन्छौँ, पाँचैँ वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौँ,’ उनले भने ।