नेता केसीले सरकारले त्यस्ता आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए ।
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाएका हुन् । उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।
‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरुलाई उपलब्ध गराईसोस भन्ने माग गर्दछु,’ नेता केसीले भने ।
उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरूको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए ।
