‘अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिऔँ’

समाजका सबै तह र तप्कालाई समानुपातिक प्रतिफल दिने र राज्यका सेवामा सबैको समान पहुँच सुनिश्चित हुनेगरी व्यवस्था मिलाउने नीति लिन सरकारसँग आग्रह ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

'Let's focus on structural reforms of the economy'

काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले कोरा आर्थिक वृद्धिले मात्रै मुलुकमा विद्यमान सामाजिक आर्थिक समस्या समाधान नगर्ने बताएका  छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्दै कोरा आर्थिक वृद्धि होइन, अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले समाजका सबै तह र तप्कालाई समानुपातिक प्रतिफल दिने र राज्यका सेवामा सबैको समान पहुँच सुनिश्चित हुनेगरी व्यवस्था मिलाउने नीति लिन सरकारसँग आग्रह गरे ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजारमा वस्तु र सेवाको मूल्यमा परेको असरबाट जनतालाई राहत दिने विषयमा दस्तावेज मौन रहेको सांसद पुनले बताए ।

कान्तिपुर

Link copied successfully