'३७ वर्षदेखि नीति तथा कार्यक्रमले निम्न र मध्यम वर्गीयको भावनामाथि खेलबाड मात्रै गर्यो । यसपटकको नीति तथा कार्यक्रमले यो समूहलाई समेट्ने छ ।'
काठमाडौँ — रास्वपाका सांसद रहबर अन्सारीले यसपटकको नीति तथा कार्यक्रम ३७ वर्षयताकै राम्रो भएको बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यसपटकको निम्न र मध्यम वर्गका नेपालीलाई समेट्ने गरी आएको बताएका हुन् ।
उनले भने, '३७ वर्षदेखि नीति तथा कार्यक्रमले निम्न र मध्यम वर्गीयको भावनामाथि खेलबाड मात्रै गर्यो । यसपटकको नीति तथा कार्यक्रमले यो समूहलाई समेट्ने छ ।' उनले यसपटकको नीति तथा कार्यक्रम पूर्ण कार्यान्वयन हुने विश्वास पनि व्यक्त गरे ।
