प्रतिपक्षको अवरोध र बहिष्कारबीच अर्थमन्त्री वाग्लेले दिए सदनमा जवाफ
प्रतिपक्षको अवरोध र बहिस्कारबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिएका हुन् ।
काठमाडौं — प्रतिपक्षको अवरोध र बहिष्कारबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिएका छन् ।
प्रतिपक्षले अवरोध गरेपछि सभामुख डीपी अर्यालले यसअघि १५ मिनेटको लागि सदन स्थगित गरेका थिए । करिब आधा घण्टापछि सदन खुलेको थियो ।