राष्ट्रिय सभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए ।

वैशाख ३१, २०८३

रासस

Finance Minister Dr. Wagle's response in the National Assembly

काठमाडौं — राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन् ।

उक्त कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए ।

सरकारले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए ।  बैठकमा नीति तथा कार्यक्रममाथिको संशोधनलाई निणर्यार्थ प्रस्तुत गरी आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

रासस

Link copied successfully