प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिने

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

वैशाख ३०, २०८३

रासस

The Prime Minister will answer questions on policies and programs in the House of Representatives today.

काठमाडौँ — प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।  बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । त्यसअघि आजै प्रधानमन्त्री बालेन्द्र शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन्। 

यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को बजे संसद्‍मा पेस हुने छ। 

रासस

Link copied successfully