प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रधानमन्त्री नआएसम्म नीति कार्यक्रममाथि छलफल नहुने भन्दै बैठकबाटै बाहिरियो श्रम संस्कृति पार्टी

वैशाख ३०, २०८३

न्युज एजेन्सी नेपाल

House of Representatives meeting disrupted, demanding Prime Minister's resignation

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामाको माग गर्दै विपक्ष दलहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा 'सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरू गरियोस्' भन्ने प्रस्ताव प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरूले आपत्ति जनाइरहेका छन् । यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाह नआईकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै बैठक छोडेर बाहिरिएको छ । 

न्युज

Link copied successfully