रास्वपाको बुधबार केन्द्रीय समिति बैठक बस्ने 

केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टी सचिवालय बैठकले यही वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

वैशाख २७, २०८३

कान्तिपुर संवाददाता

RSP to hold central committee meeting on Wednesday

काठमाडौँ — सत्तारुढ रास्वपाको बुधबार केन्द्रीय समिति बैठक बस्ने भएको छ । 

केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टी सचिवालय बैठकले यही वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सचिवालयले पारित गरेका अधिवेशनलगायतका प्रस्ताव पारित गर्नेछ । 

केन्द्रीय समिति बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एक नेताले बताए । 

रास्वपा नेतृत्वको सरकारले सोमबार नीति तथा कार्यक्रम संघीय संसद्म पेस गर्दै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्नुपर्नेछ । 

कान्तिपुर

Link copied successfully