रास्वपा केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २३ र २४ जेठमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । रास्वपा केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले आगामी २ जेठमा वडा भेला (समिति गठन नभएका वडाहरूमा), ३ जेठमा वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा), ९ जेठमा पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा), १० जेठमा पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका), १६ जेठमा वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा), १७ जेठमा पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका) गर्ने निर्णय पनि गरेको छ ।
