रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत

रास्वपा केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा पाण्डेसहित सात जनालाई नियुक्त गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

वैशाख २७, २०८३

कान्तिपुर संवाददाता

Milan Pandey nominated as head of RSVP Education Department

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनीत गरेको छ । रास्वपा केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा पाण्डेसहित सातजनालाई मनोनीत गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले रास्वपा र्‌‌यापिट रेस्पोन्स टिम (RAT) समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा विदुर खड्का (पूर्वएपीएफ डिआइजी), स्टार्टअप विभाग प्रमुख डा. प्रभात अधिकारी, सचिवमा हरि जोशी, कर्णाली प्रदेश सहमन्त्री राजबहादुर शाह र अविसरा सुवेदी, केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल (कर्णाली) र कञ्चनपुर जिल्ला सभापतिमा पदम विष्टलाई मनोनीत गरेको छ  ।

बैठकले प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने र जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय पनि गरेको छ ।

कान्तिपुर

Link copied successfully