कांग्रेस बैठक सोमबार बस्दै 

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

वैशाख १९, २०८३

कुलचन्द्र न्यौपाने

Congress meeting to be held on Monday

काठमाडौँ — कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दिउँसो १ बजे बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने भएको हो । 

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको गतिविधि तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने जनाइएको छ । 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully