राष्ट्रपति पौडेलले जारी गरे 'सहकारी अध्यादेश'

सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले उक्त अध्यादेश ल्याएको दाबी गरेको छ ।

वैशाख १७, २०८३

कान्तिपुर संवाददाता

President Poudel issues 'Cooperative Ordinance'

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । 

सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले उक्त अध्यादेश ल्याएको दाबी गरेको छ ।

President Poudel issues 'Cooperative Ordinance' 

कान्तिपुर

Link copied successfully