सरकारले मंगलबार संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो । अध्यादेशको विरोधमा रास्वपाकै सांसदहरूले टिप्पणी गर्न थालेपछि संसदीय दलको बैठक डाकिएको हो ।
काठमाडौँ — रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेपछिको अवस्थामा रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
सदन छलेर अध्यादेश ल्याउन खोजिएको भन्दै पार्टीकै सांसदहरूले विरोध गरेपछि बैठक बोलाइएको हो । काठमाडौंमा उपलब्ध सांसदहरूलाई रास्वपा सभापति रवि लामिछानेले बैठकमा बोलाएका हुन् ।
प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको कार्यालयमा बैठक सुरू भएको छ । उनका अनुसार बैठकमा अध्यादेश, बजेट अधिवेशन र संसदीय समितिको प्रभावकारिताबारे छलफल हुनेछ बताए ।
सरकारले मंगलबार संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो । अध्यादेशको विरोधमा रास्वपाकै सांसदहरूले टिप्पणी गर्न थालेपछि संसदीय दलको बैठक डाकिएको हो ।