संसद् छलेर अध्यादेश ल्याउन खोजेको भन्दै साझा धारणा बनाउँदै विपक्षी दल

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपाका सांसदहरूले सरकारले संसद् छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै त्यसविरुद्ध साझा धारणा बनाएर जानुपर्ने धारणा राखेका छन् ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

Opposition parties are forming a common view that they are trying to introduce an ordinance by circumventing Parliament.

काठमाडौँ — आह्वान भइसकेको संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउन खोजेको भन्दै विपक्षी दलहरूले त्यसमा साझा धारणा बनाउन संयुक्त बैठक बसेका छन् । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपाका सांसदहरूले सरकारले संसद् छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै त्यसविरुद्ध साझा धारणा बनाएर जानुपर्ने धारणा राखेका छन् ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले अध्यादेश ल्याएको विषयमा छलफल गर्न विपक्षी दलको बैठक बसेको र यसले साझा धारणा बनाएर अघि बढ्ने बताए ।

कान्तिपुर

Link copied successfully