क्रान्तिकारी भूमिसुधारबिना सुकुम्वासी समस्या समाधान हुँदैन : झलनाथ खनाल

अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने उनले दाबी गरे ।

वैशाख १४, २०८३

न्युज एजेन्सी नेपाल

Landless problem cannot be solved without revolutionary land reform: Jhalanath Khanal

काठमाडौँ — नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधारबिना सुकुम्वासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन् । 

आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्वासी हुने खनालको भनाइ छ । नेता खनालले रास्वपा र प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति आलोचना गरे । 

अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने उनले दाबी गरे । उनले सुकुम्वासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका सुर्खेत, दाङ, नवलपरासी, चितवन, मकवानपुर र उदयपुरमा सबैभन्दा भयावह रहेको उल्लेख गरे ।

‘४० लाखभन्दा बढी जनता अहिले भूमिहीन अवस्थामा छन् । उनीहरूका परिवारको स्वामित्वमा एक चपरी पनि जमिन छैन । यदि साँच्चै यो समस्या हल गर्ने हो भने स्वामित्व परिवर्तन गर्ने गरी क्रान्तिकारी भूमिसुधार गर्नैपर्छ । यो त दमन चक्रबाहेक केही पनि होइन । १० वटा परिवारलाई व्यवस्थापन गरेर पुग्दैन, ४० लाख परिवारको समस्या हल गर्नुपर्नेछ । एकाध हुकुम्वासीलाई देखाएर डोजर चलाउने, बुट र बन्दुक देखाएर जनतालाई आतंकित पारेर समाधान हुने समस्या यो होइन,’ उनले भने । 

न्युज

Link copied successfully