कांग्रेसले भन्यो : सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्‍यो

संसद्को बैठक आह्वान गरिसकेपछि बैठक प्रारम्भ नै नभई सरकारको सिफारिसमा स्थगित गरिनु संसदीय राजनीतिक प्रणालीको परम्पराविपरीत : प्रवक्ता चालिसे

वैशाख ११, २०८३

इकान्तिपुर डेस्क

Congress said: The government has devalued the supremacy of Parliament.

काठमाडौँ — कांग्रेसले सरकारको पछिल्लो कदमले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मान्यताको उपहास गरेको बताएको छ । 

सानेपामा शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले राष्ट्रपतिबाट संसद्को बैठक आह्वान गरिसकेपछि बैठक प्रारम्भ नै नभई सरकारको सिफारिसमा स्थगित गरिनु संसदीय राजनीतिक प्रणालीको परम्पराविपरीतको अभ्यास भएको टिप्पणी गरे । 

‘यसले संसद्को सर्वोच्चतालाई अवमूल्यन गरेको देखिन्छ । बिनातयारी किन आह्वान गरियो र के कारणले स्थगित गरियो, यस्ता विषयमा जनता सूचित हुन जरुरी छ । यस्ता कार्यहरू संवैधानिक नैतिकताको प्रतिकूल छन्,’ चालिसेले भने ।

‘पावर विदाउट एकाउन्टेबिलिटी’ हुन नहुने भन्दै उनले सरकारको कार्यशैलीमा सुधार र पारदर्शिताको अपेक्षा रहेको बताए । 

इकान्तिपुर

Link copied successfully