प्रधानमन्त्री शाहको सचिवालयका अनुसार पार्टीका तर्फबाट अर्को नाम सिफारिस नभएसम्म गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै राख्ने भएका हुन् ।
काठमाडौँ — सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले नै गृहमन्त्रालयको जिम्मेवारी पनि लिने भएका छन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार पार्टीका तर्फबाट अर्को नाम सिफारिस नभएसम्म गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै राख्ने भएका हुन् ।
प्रधानमन्त्रीसँग रक्षा मन्त्रालयको पनि जिम्मेवारी छ । सुधन चैत १३ गते गृहमन्त्री भएका थिए । प्रधानमन्त्री शाहलाई राजीनामा दिएलगत्तै उनले सामाजिक सञ्जालमा आफूमाथि छानबिन गर्न पनि माग गरेका छन् ।
‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन-जी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो उनले लेखेका छन् ।’
